अरबिन्द सिंह/जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थालाई गम्भीर रूपमा लिँदै मधेश प्रदेश सरकारले उच्चस्तरीय सक्रियता देखाएको छ। प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् तथा सुरक्षा निकायको संयुक्त आकस्मिक बैठक बोलाएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा जारी बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
बैठकमा प्रदेशको वर्तमान शान्ति–सुरक्षा अवस्था, सम्भावित जोखिम, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भइरहेको जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले मधेश सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकताको भूमि रहेको उल्लेख गर्दै पछिल्लो परिस्थितिप्रति प्रदेश सरकार गम्भीर र संवेदनशील रहेको बताए।
उनले सम्पूर्ण नागरिकलाई संयमित रहन, अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरे। साथै शान्ति–सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकारले सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सबै कदम तत्काल कार्यान्वयनमा ल्याउने स्पष्ट पारे।
मधेशमा बढ्दो तनावपछि सरकार सक्रिय : मुख्यमन्त्री यादवद्वारा आकस्मिक सुरक्षा बैठक, शान्ति कायम गर्न कडा रणनीति।।
मधेशमा बढ्दो तनावपछि सरकार सक्रिय : मुख्यमन्त्री यादवद्वारा आकस्मिक सुरक्षा बैठक, शान्ति कायम गर्न कडा रणनीति।।

- अ-
- अ
- अ+
संबन्धित शिर्षकहरु





